धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा १०५ नमुनाको परीक्षण गर्दा थप १४ जनामा कोरोना संक्रमण पुस्टि भएको र ९१ कोरोना संक्रमण पुस्टि नभएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन्।
सुचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। ४ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।