अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आर्थीक वर्ष २०७८/०७९ का लागी १ अर्ब १८ करोड बढीको बजेट ल्याएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७८र०७९ को नीति, कार्यक्रम तथा बजेट आज सातौ नगर सभामा पेश गरेको हो ।
नगरसभामा नगरउपप्रमुख रत्ना कडायतले आर्थिक वर्ष २०७८/०७९ का लागी कुल १ अर्व १८ करोड ७१ लाख ५७ हजारको बजेट पेश गरेकी छिन् । चालुतर्फ रु। ६६ करोड २२ लाख ९७ हजार र पुँजीगत तर्फ रु। ५२ करोड ४८ लाख ६० हजार रहेको छ ।
नगरपालिकाले संघिय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट रु। २० करोड ३५ लाख, सशर्त अनुदानबाट रु। ३८ करोड ५ लाख, राजश्व बाँडफाडँबाट रु। १४ करोड, ३३ लाख ८१ हजार र विशेष अनुदानबाट रु। १ करोड राखेको छ ।
यसैगरी प्रदेश सरकारबाट बाँडफाँड हुने वित्तिय समानीकरण अनुदान रु। १ करोड ५१ लाख ३५ हजार, राजश्व रु। ५ करोड १० लाख ९९ हजार, आन्तरिक आयबाट रु। ११ करोड ७५ लाख ४२ हजार ५ सय र संचित कोषको मौज्दातबाट रु। २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने गरि बजेट अनुमान गरिएको छ ।
आज देखी शुरु भएको नगर सभामा गोदावरी नगरपालिका प्रमुख हरि सिं साउँदले पानसमा बत्ती बालेर उदघाटन गरे । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आगामी आर्थीक बर्ष २०७८ र०७९ को निती तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन । कार्यक्रममा नगरसभाका सबै सदस्यहरुको सहभागीता रहेको छ ।
बिगतका केही नगरसभाहरु बहिष्कार गर्दै आएका नेपाली कांग्रेसका जनप्रतिनिधीहरु यो बर्ष भने खुशी देखिएका छन । उनिहरुले नगरसभा मार्फत अहिलेको नेतृत्वलाई बाँकी कार्यकाल पनि मिलेर नै सहकार्य गर्ने बताएका छन् ।