धनगढी। सुदूरपश्चिम प्रदेशमा बुधबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ३१ नमुना पीसीआर तथा प्रदेशभरि ७ सय ५२ नमुना एन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परीक्षणमा २९ जनामा संक्रमण पुस्टि भएको छ।बुृधबार सेती अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएन् ।
महाकाली अस्पतालमा ११ नमुना परीक्षण गर्दा ४ जनामा , डडेल्धुरा अस्पतालमा १६ जनाको नमूना परीक्षण गर्दा ४ जना र कमल बजार प्रयोगशालामा ४ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ। १०८ जना संक्रमित निको भई घर फर्किएका छन्। सुदूरपश्चिम प्रदेशमा बुधबार १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरका एक जनाको मृत्यु भएको हो। हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ५७ हजार ३६८ नमुना परीक्षण गर्दा ४३ हजार ३४५ जनामा संक्रमण पुस्टि भएको छ भने ५७० जनाको मृत्यु भएको छ।