धनगढी। धनगढी उप–महानगरपालिकाले कोरोनाको संक्रमण रोकथामका लागि ‘अनिवार्य मास्क अभियान’ सुरु गरेको छ । निषेधाज्ञा खुकुलो भएसंगै कोरोना फैलिन सक्ने कुरालाई ध्यान दिदै उप–महानगरपालिकाले अनिवार्य मास्क अभियान सुरु गरेको हो । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मास्क लगाएर सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।
अभियान सफल बनाउनका लागि धनगढीमा क्रियाशिल सामाजिक संघसंस्था, प्रहरी प्रशासन, नेपाल रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधीहरुको बुधवार उपमहानगरपालिकामा बैठक बसेको थियो । निषेधाज्ञा खुकुलो भएपछि स्वभाविक रुपमा बजार, कार्यालयहरु सबैतिर चहलपहल बढ्छ नगरप्रमुख वडले भने, ‘भिडभाडमा कोरोनाको संक्रमण सर्नबाट जोगिने एउटै उपाय मास्कको प्रयोग मात्रै हो ।’ जनस्वास्थ्यलाई ख्याल गरेर चलाईएको यो अभियानमा सहयोग गर्न सबैलाई बिनम्रताका साथ अनुरोध गर्ने पनि नगरप्रमुख वडले बताए ।