धनगढी। सहजपुर-बिपिनगर- बोग्टान सडक आयोजना प्रभावितलाई क्षतिपुर्ति दिईनु पर्ने माग गरिएको छ । राष्ट्रिय जनमोर्चा नेपाल चुरे गाउँकमिटीले सहजपुर–बोगटान सडक निर्माणका क्रममा स्थानीय जनता प्रभावीत भएको भन्दै मंगलबार सडक योजनाको ध्यानाकर्षण गराउँदै माग पत्र पेश गरेको हो । सडकमा परेका भौतिक संरचना तथा जमिनको मुआब्जा दिन माग गरिएको हो।
राष्ट्रिय जनमोर्चा नेपालले कैलालीको चुरे गाउँपालिकाका संयोजक विमलकुमार साउँदले सडकका कारण धेरैको जमिनमा क्षति भएकाले अझै पनी घरजग्गाको, खानेपानी, सिँचाईको मुआब्जा पाएका छैनन्, उनले भने। यो लगायत ३४ ओटा मुख्य मागहरु छन् । त्यसका लागी राष्ट्रिय जनमोर्चा चुरेले सहजपुर–बोगटान सडक योजना कार्यालयलाई मंगलबार ज्ञापन पत्र बुझाएको उनले जानकारी दिए । हामी र हाम्रो पार्टिले स्थापनाकाल देखी नै राष्टियता, जनतन्त्र, जनजिवीकाका सवालमा आवाज उठाउँदै आएका छौ ।
यसै सन्र्दभमा कैलालीको चुरे गाउँपालीकाको सहजपुर देखी डोटीको बिपिनगर हुँदै बोग्टानसम्म निर्माणका क्रममा जनताको निजी तथा सार्वजनिक सम्पती भए गरेको क्षतीपुर्तीको माग छ, साथै हाम्रो ध्यानाकर्षण
भएको छ । तर्सथ राज्यले बिकास गर्दा जनताको संरक्षण र सुबिधाको पक्षमा हुनुपर्छ । जनताको निजी र सार्बजनिक सम्पतीको रक्षाका लागी हामीले आवाज उठाउनका लागी माग गरेका हौ, उनले भने । यता ज्ञापन पत्र बुझ्दै सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख उज्वल श्रेष्ठले स्थलगत अध्ययन गरिने जानकारी दिए। उनले सहजपुरदेखि बडिकेदारसम्मको भौतिक संरचना तथा जमिनको मुआब्जा पहिलो पटक माग गरिएको बताए। क्षतिपुर्ति दिईनु पर्ने मागहरु यस प्रकार छन् ।