डोटी । डोटीको सेती नदीमा देखिएको शव निकाल्न समस्या भएको छ । डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमा आइतबार दिउँसो शव भेटिएको हो । तर सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ।