धनगढी। कैलाली अस्पताल प्रालिद्धारा आइसियु र एनआइसियु सेवा सुचारु गरिएको छ । कैलाली अस्पताल प्रालिद्धारा आयोजना गरिएको पत्रकार सम्बेलन मार्फत ८ बेडको आइसियु र ५ बेडको एनआइसियु सेवा शुभारम्भ गरिएको जानकारी गराइएको हो । कैलाली अस्पताल प्रा लीका संस्थापक तथा प्रबन्ध निर्देशक जनकराज जोशीले आजबाट ८ बेडको आइसियु र ५ बेडको एनआइसियु सेवा शुभारम्भ गरीएको जानकारी गराए।
उनले भने अब बिरामीले आइसियु र एनआइसियु मार्फत उपचार सेवा पाउने छन् । उनले भने, अन्य भन्दा कैलाली अस्पतालबाट सस्तोमा बिरामीले राम्रो उपचार सेवा पाउँछन् । साथै यहि २०७८ असार १ मंगलबार देखि कोभिड १९ सम्बन्धि सम्पुर्ण सुरक्षाका मापदण्ड पालना गर्दै सम्पूर्ण सेवाहरु नियमित सुचारु भैसकेको जानकारी दिएका छन् ।