धनगढी। सेती अस्पतालको ओपिडी सेवा आजदेखि सञ्चालनमा आउने भएको छ । कोभिडमाहामारीको दोस्रो लहरका कारण बन्द रहेको सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा सञ्चालन गरिने भएको छ। कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा (आज)आइतवार देखि सञ्चालनमा आउन लागेको हो।
अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालले जनाएको छ। हाल अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।