धनगढी । कैलाली बहुमुखी क्याम्पस ९प्ःऋ० को स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको १,५५४ मत गन्दा नेविसंघका अध्यक्ष पदका उम्मेदवार सन्तोष पन्तले अग्रता कायम राखेका छन्।
अध्यक्ष पदमा सन्तोष पन्त ९नेविसंघ० ले ६२९ मत प्राप्त गर्दै अगाडि छन्। उनीपछि पवन सुनार ९अखिल क्रान्तिकारी० ४०४ मतसहित दोस्रो स्थानमा छन् भने यमराज जोशी ९अनेरास्ववियु० ले ३३६ मत प्राप्त गरेका छन्। अम्विका चौधरी ९विद्यार्थी एकता समूह० ७० र सुनिलराज जोशी ९अनेरास्ववियू० ५६ मतसहित पछाडि छन्।
सचिव पदमा पनि नेविसंघका ओमप्रकाश वस्तीले ५२३ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रतिस्पर्धीहरूमा किरनप्रकाश उपाध्याय ९अनेरास्ववियु० ३८७, लोकेन्द्र चौधरी ९क्रान्तिकारी० ३४६, खगेन्द्र अवस्थी ९अनेरास्ववियू० ९०, लवदेव धामी ९प्राज्ञिक परिषद्० ५१ र किशोर जोशी ९स्वतन्त्र० ले ५१ मत प्राप्त गरेका छन्।
कोषाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। धर्मराज तिमिल्सिना ९क्रान्तिकारी० ले ४५६ मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने प्रमिला शाह ९नेविसंघ० ४४९ मतसहित निकट प्रतिस्पर्धामा देखिएकी छन्। प्रकाश भट्ट ९अनेरास्ववियु० ३८३, अंगीता चौधरी ९अनेरास्ववियू० १३२ र खेमराज भट्टराई ९विद्यार्थी एकता समूह० २९ मतसहित पछि छन्। निर्वाचन परिणाम क्रमशः सार्वजनिक हुँदै गइरहेको छ।