धनगढी । नेपाल खेलकुद महासंघ डाेटीकाे अध्यक्षमा नवराज विनाडी सर्वसम्मत चयन भएका छन् । आइतबार जाेरायल गाउँपालिकाकाे बुडरमा सम्पन्न महासंघकाे दोस्रो जिल्ला अधिवेशनले विनाडीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।
उपाध्यक्षमा कृष्णा सिराडी,सचिवमा ढकबहादुर खत्री, उपसचिवमा जगदीश ओझा,दिपक पाण्डेय र काेषाध्यक्षमा देवीलाल उपाध्याय पनि सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा खेम बाेहरा, पुरन धामी, हस्त बिक,धिरज राेकाया,मनबहादुर कपड्याल,दिपक बाेहरा, दीर्घराज ओझा, गणेश मल्ल, राधिका टमटा,केशव विष्ट, गणेश काेली, शंकर पनेरू, बम साउद र बिरेन्द्र धामी चयन भएका छन् ।
संगठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दकाे प्रमुख आथित्यतामा अधिवेशनकाे उद्घाटन समारोह सम्पन्न भएकाे थियाे । चन्दले खेलकुदका माध्यमबाट एमाले पार्टी र नेतृत्वलाई सफल पार्न भूमिका खेल्न निर्देशन दिएका छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य चित्र भट्ट,सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्द, पार्टीका प्रदेश सचिवालय सदस्य तथा जाेरायल गाउँपालिका अध्यक्ष दुर्गा जाेशी, एमाले डाेटीका सचिव पदम भट्ट लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियो ।