धनगढी – कैलालीमा त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तरगतका ९ क्याम्पसको स्वतन्त्र युनियन स्ववियु नजिता सार्वजनिक भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा ९ मध्ये ५ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ भने ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ ।
नेविसंघबाट फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र टीकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री सभापतीमा विजयी भएका छन । त्यस्तै नेविसंघका दिपकराज भट्ट विजयी भएका छन् ।कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेविसंघले बिरासत फर्काएको छ ।
यस्तै, अखिल क्रान्तिकारीबाट लम्की बहुमुखी क्याम्पसाा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी र सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम सभापतीमा विजयी भएका छन ।
चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १५५ मत ल्याएका छन । त्यहाँ नेविसंघले पुनः मतगणना हुनुपर्ने माग गरेको भएपनि कार्यकाल बराबर चलाउँने सहमतीको प्रयास भईरहेको छ ।
मतगणना जारी रहेको धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि अग्रता लिइरहेको छ । घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन् ।