धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघले क्लीन स्वीप गरेको छ । मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनबाट नेपाली कांग्रेस निकट नेविसंघले सभापतिसहितका पदमा क्लीन स्वीप गरेको हो । अन्तिम मतपरिणामअनुसार नेविसंघका दिपकराज भट्ट विजयी भएका छन् । भट्ट प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्ट (दिपिन) लाई पराजीत गर्दै विजयी भएका हुन् । नेविसंघका दिपकले ५३३ र उनका प्रतिद्धन्द्धी दिपेन्द्रले ४२५ मत प्राप्त गरेका छन् । माओावादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाएका छन् ।
सचिवमा नेविसंघका देबेन्द्र बोहरा(डेभिड) र कोषाध्यक्षमा सञ्जिताकुमारी चौधरी विजयी भएका छन् । निर्वाचन समितिले आधिकारीक रुपमा अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ । यसअघि ऐश्वर्य बहुुमुखी क्याम्पसको स्ववियु सभापतिसहितका पदमा एमाले सम्बद्ध अनेरास्ववियुुले प्यानलसहित जितेको थियो तर यो पटक भने नेविसंघले क्लीन स्वीप गर्दै अनेरास्ववियुुको बिरासत भत्काएको छ । नेविसंघले ऐश्वर्य बहुुमुखी क्याम्पसको नतिजालाई ऐतिहासिक भनेको छ ।
यो सँगै नेविसंघले कैलालीका पाँच क्याम्पसमा स्ववियु चुनावको नतिजा आफ्नो पक्षमा पारेको छ ।