धनगढी: कैलालीको चुरेमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०८१ आइतबारबाट सुरु भएको छ । स्थानिय तहबाट सञ्चालन हुने आधारभुत तह (कक्षा ८) उत्तीर्ण परीक्षा चुरेमा पनि सुरु भएको हो । परिक्षामा ४ सय ७५ जना बिद्यार्थी सहभागी छन् ।
परिक्षाको अनुगमन गर्दै मर्यादित बनाउन गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले निर्देशन दिएका छन् । परिक्षा सुभारम्भ सगैं गाउँपालिका अध्यक्ष बोगटी सहित शिक्षा साखाका कर्मचारीहरुले अनुगमन गरेका थिए ।