धनगढी: नेपाल प्रहरी सेवामा प्रवेश गरेको १८ औँ बर्षगाँठको अवशर पारी साहदत प्राप्त प्रहरी परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्रहरी नायब उपरिक्षक रण बहादुर चन्द सहित १ सय ४४ जना प्रहरी कर्मचारीहरुले सेवा प्रवेश बर्षगाँठको अवशरमा आफै सगं प्रहरी सेवामा प्रवेश गरी साहदत प्राप्त गरेका प्रहरी हवल्दार योगेन्द्र बहादुर चन्दको परिवारलाई नगद ७० हजार ४ सय ९६ रुपयाँ र प्रहरी हवल्दार लोकेन्द्र खडायतको परिवारलाई ६७ हजार ३१ रुपयाँ सहयोग गरिएको हो ।
२०६३ साल चैत १ गते नेपाल प्रहरीको सेवामा प्रवेश गरेका प्रहरी उपरिक्षक चन्द सहित टोलीले सो रकम उठाएर आश्रित परिवारलाई सहयोग गरेका हुन् । आफु सगैं प्रहरी सेवा प्रवेश गरी बिभिन्न घटनामा साहदत प्राप्त गरेका परिवारलाई सामान्य सहयोग गरेको उनिहरुले बताएका छन् ।