धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मर बहादुर बम नियुक्त भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका(७ हरदानीका बमलाई मुख्यमन्त्री शाहले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
बम २०६२ सालदेखि पत्रकारितामा आबद्व छन् । धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम, बिज एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ ।