धनगढी । सुदूरपश्चिमका पूर्वमन्त्री रमेशसिंह धामी (डायमण्ड)ले सेकुवा घर सञ्चालनमा ल्याएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य धामीले कैलालीको धनगढी–४ सहिद गेट नजिक डायमण्ड सेकुवा घर सञ्चालनमा ल्याएका हुन् ।
बुधबार होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले सेकुवा घरको उद्धाटन गरे । उनले पर्यटनमन्त्री भइसकेका धामीले साना तथा मझौला व्यवसायलाई प्रोत्साहन हुने गरि व्यवसाय सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । धामीले सेकुवा घरमा सस्तो मूल्यमा स्वादिष्ट बङ्गुर र बोइलर कुखुराको सेकुवा पाइने बताए । सात लाख लगानीमा सेकुका घर सञ्चालनमा ल्याइएको बताउँदै उनले चार जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।
राजनिति सगैं ब्यवसाय आवश्यक रहेछ धामीले भने “घर खर्च चलाउने पाटो केही भए राजनिति गर्न सहज हुने रहेछ, राजनितिलाई सेवा र आर्थिक उपार्जनको बाटो अरु हुनुपर्छ भन्ने हेतुले सेकुवा सेन्टर सञ्चालनमा ल्याएको छु, सेकुवा बनाउने आधुनिक मेशिन छ, यो सुदुरपश्चिममा कतै छैन, यस कारण पनि यहाँ आकर्षण बढ्ने छ ।”