धनगढी: प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा होली उत्सव शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँको निवासबाट होली शुरु भएको हो । प्रदेश प्रमुख मियाँले टीका लगाएर होली कार्यक्रमको शुभारम्भ गरेका हुन। उनले चौतारीको होली कार्यक्रम सफलताको शुभकामना दिएका छन्। होलीले आपसी सद्भाव बढाउने उनले बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले होलीलाई रगंको पर्व सगैं सगंठन बिस्तारका रुपमा पनि अगाडी बढाउन आग्रह गरे । होली कार्यक्रम आयोजना गरी प्रेस चौतारीले सबैलाई सुभकामना दिने तथा भेटघाटको वातावरण समेत बनाउने उनको भनाई थियो । सकेसम्म होलीलाई मौलिक रुपमा खेल्न उनले आग्रह गरे । प्रेस चौतारी नेपाल कैलालीले तीन दिनसम्म होली खेल्ने अध्यक्ष जनक विष्टले बताए। संस्कृति सम्बद्धन र मौलिकता प्रबद्र्धन अभियान अन्तर्गत होली कार्यक्रमको सुरुवात गरिएको हो। कैलाली जिल्लाको टीकापुर, हुँदै अत्तरिया र धनगढीसम्म होली खेल्ने उनले बताए। बुधवार धनगढीबाट सुरु भएको होली कार्यक्रम फूलबारी, टीकापुर, बौनिया हुँदै सुखड, तथा गौरिगंगा सम्म पुग्ने छ। बिहिवार अत्तरिया र केही भाग धनगढीमा होली खेलिने छ । र अन्तिम दिन चैत १ गते धनगढीमा होली खेलेर समापन गरिने उनले बताए ।