धनगढीः कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएकाछन्। जिल्लाको गौरीगंगा नगरपालिका–२ चौमला पुल नजिक करिब १२ः ३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको चालक धनगढी उपमहानगरपालिका–६ बस्ने दिवाकर जैशीले चलाएको से ३ प ८३३ नम्बरको मोटरसाइकल र बिपरि दिशाबाट आइरहेको चालक गौरीगंगा नगरपालिका–३ बस्ने अनिल बिकले चलाएको से५ प ३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएकोे प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा दुबै जना चालक घाइते भएका छन्। घाइते दुबै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।