धनगढी । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेस बिच भएको ७ बुँदे सहमतिमा तलमाथि भएको त्यसको सबैभन्दा ठुलो दोष कांग्रेसले लिनुपर्ने बताएका छन् ।
सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेपाली कांग्रेस सबैभन्दा ठुलो र महत्वपूर्ण पार्टी भएकाले कांग्रेसले गरेका प्रतिबद्धता र अरू दल सँग गरेका सहमतिहरू पालना गर्न नसकेर भत्किने अवस्था बनेमा त्यसको सबैभन्दा ठुलो दोष कांग्रेसले लिनुपर्ने बताए ।
उनले एमाले सँग भएको सहमति इमानदारीताका साथ पुरा गर्नु पर्ने बताए । ‘७ बुँदेको जगमा नयाँ सरकार बनेको छ’ उनले भने ‘संविधानका रक्षाका निमित्त, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका निमित्त र मुलुकमा आर्थिक समृद्धिको यात्रालाई अगाडि लिएर जानका लागि यो समीकरणलाई ठिक ढङ्गले नेपाली कांग्रेसले इमानदारीताका साथ ७ बुँदे सहमतिलाई निष्कर्षमा पु¥याउने अठोट र प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्छ ।’