धनगढी – नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पुष्पकमल दाहाल प्रचण्ड टीकापुर आउने भएका छन् । भोलि ९मंगलबार० उद्घाटन हुने सम्मेलनको उद्घाटन गर्न प्रचण्ड टीकापुर आउन लागेका हुन ।िभोलि मध्याह्न १२ बजे सम्मेलनको उद्घाटन गर्ने तय गरिएको थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिए । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, राना थारु तथा कठरिया थारु समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ । िसम्मेलनको उद्घाटन समारोहमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनाद्र्धन शर्मा, गिरीराजमणी पोखरेललगायत नेताहरू सहभागी हुने जनाएको छ ।