धनगढी: नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटीमा चार जना सदस्य मनोनयन गरेको छ । प्रदेश कमिटीले मनोनयनका लागि केन्द्रमा सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार आइतबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
चार जना नै अछामका छन् । जयचन्द्र सुहाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकलाई प्रदेश कमिटीमा गरिएको मनोनयन अनुमोदन भएको महासचिव पोखरेलले बताए ।