धनगढी । कञ्चनपुरबाट वन्यजन्तुका अखेटोपहार अङ्ग० सहित एक जना पक्राउ परेका छन् । शुक्रवार बेलौरी नगरपालिका – ७ सिमपुरकी शान्ति चौधरीलाई वन्यजन्तुका अङ्ग सहित पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चौधरीको घरबाट अवैध वन्यजन्तुका अङ्ग बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जसअन्तरगत चितुवाको जस्तो देखिने सानो, ठुलो छाला ४ थान, जरायोको जस्तो देखिने सानो, ठुलो सिङ ४ थान, बँदेलको जस्तो देखिने बङ्गारा २ थान, वन्यजन्तुको जस्तो देखिने सानो खुट्टा ३ थान, वन्यजन्तुको जस्तो देखिने सानो बङ्गाराको टुक्राहरू ३ थान, फलामको चेन बाँधेर बनाइएको फलामको पासो ३ थान, प्लास्टिकको डोरीले पासो थाप्न बनाइएको जाली ७ थान बरामद गरिएको छ ।
प्रहरीले फरार रहेका शान्ति चौधरीका श्रीमान् प्रमोद डगौराको खोज भइरहेको जनाएको छ ।