धनगढी । धनगढी उपहमानरपालिका वडा नम्बर १४ फुलवारीमा फागुन ९ गते देखि आयोजना भएको फुलवारी महोत्सवमा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको छ।महोत्सवमा करिब १५ हजारभन्दा बढीले सहभागिता जनाइसकेको आयोजकले जानकारी दिएका छन्। महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूलाई पालैपालो निम्त्याएर महोत्सवलाई आकर्षक तुल्याउने र आगन्तुकलाई मनोरञ्जन दिने भरपूर प्रयास भइरहेको फुलवारी महोत्सव मुल आयोजक समितीका संयोजक महेश गोलले जानकारी दिए ।
को फुलबारी क्षेत्रकै प्रमुख महोत्सव अगामी १८ गते सम्म सञ्चालन हुने छ । “स्थानीय साहित्य , कला , संस्कृति , कृषि पर्यटन , उद्योग ब्यापार प्रर्बद्धन” भन्ने मूल नाराका साथ फुलबारी महोत्सवको पाचौँ संस्करण सञ्चालन भईरहदा दिनप्रतिदिन दर्शेकको संख्या बढ्दै गएको हो । फुलबारी ११ स्पोर्ट क्लबको आयोजनामा न्यू बुद्ध स्पोर्ट क्लबको खेल मैदान धनगढी–१४ मा भईरहेको महोत्सवमा प्रवेश शुल्क १ सय रुपैयाँ रहेको छ भने विद्यार्थी लाई ५० रुपैया तोकिएको छ ।
तस्वीरमा महोत्सव