बाजुरा: बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाइँदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी पछिल्लो समय विद्यालयले यहाँका अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन् ।
पहिला तरकारी खेती कसरी गर्ने भन्ने विषयमा हामीलाई केही थाहा हुँदैनथ्यो । अहिले विद्यालयमा पढाइसँगै तरकारी खेतीका बारे सिकाउँदै बुढीनन्दा नगरपालिका –९ ढप्कस्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका कक्षा ५ का छात्रा छाया गुरुङले बताए ।
उनले भने, “विद्यालय वरिपरि धेरै जमिन छ । दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएका छौं ।” हामी सबै विद्यालयमा बस्छौं । विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ । त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेको छौं, गुरुङले भने ।