धनगढीः कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बीनी प्रदेशले जितेको छ।
गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बीनीले जितेको हो। आज भएको फाईनल खेलमा सुदूरपश्चिम प्रदेशलाई टाईब्रेकरमा हराउँदै लुम्बीनी प्रदेशको प्रतिनिधित्व गरेको राईजिङ स्टार क्लब च्याम्पीयन भएको हो।
विजेता भएसँगै लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लबले ५ लाख नगद सहित ट्रफी पाएको छ। उपविजेतामा सिमिति भएको सुदूरपश्चिम प्रदेशले दुई लाख पचास हजार नगद सहित ट्रफीमा चित्त बुझाएको छ।
फाईनल भिड्न्तमा दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए। त्यसपछि भएको टाईब्रेकरमा लुम्बीनीले सुदूरपश्चिमलाई गोल ५–३ गोल अन्तर हराएको हो।