धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्टलाई बनाउने पार्टीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
सर्वसम्मत रुपले हल गर्ने पक्षमा रहेको बताए । तर त्यसका लागि सबैको उचित व्यवस्थापन हुनुपर्ने उनको भनाई छ । बुधबार आफ्नै निवास खुमलटारमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यहरुलाई बोलाएर छलफल गरेका प्रचण्डले भट्टलाई दल नेता बनाउने निर्णय जसरी पनि कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
उनले २० फागुनमा आफू सुदूरपश्चिम आइरहेको बताउँदै त्यतिबेलासम्म भट्टलाई दलको नेता बनाउन भनेको छलफलमा सहभागी प्रदेश सभा सदस्य बताउँछन् । ‘अध्यक्ष कमरेडले खगराज भट्टलाई सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता बनाउने पार्टीको निर्णय जसरी पनि कार्यान्वयन गर्नुहोस् भनेर निर्देशन दिनुभएको छ,’ ती प्रदेश सभा सदस्यले भने, ‘बैठकमा कडा रुपमा प्रस्तुत हुनुुभएका उहाँले आफू सुदूरपश्चिम नपुग्दै शिघ्र पार्टीको निर्णय कार्यान्वयन भएको हुुनुपर्छ भन्नुभएको छ ।’
बैठकमा अहिलेका संसदीय दलका नेता मानबहादुर धामीले आफ्नो व्यवस्थापन हुनुपर्ने शर्त प्रचण्डसँग राखेका थिए तर उनले अहिले नै बार्गेनिङ नगर्न भन्दै पहिले पार्टीको निर्णय कार्यान्वयनमा लाग्न निर्देशन दिएका थिए । खगराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज बन्नुुस् भन्ने खालका प्रस्ताव आएको बताउँदै अहिले आफूले दलको नेता बाहेक अरु कुुरा नखोजेको बताएका थिए ।
२० फागुनमा टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रचण्ड कैलाली आइरहेका छन् । त्यो भन्दा अगाडि नै दलको नेतामा खगराजलाई पुनःस्थापित गर्न निर्देशन दिएपछि सुदूरपश्चिमका प्रदेश सांसदहरु दबाबमा परेका छन् ।
अहिलेका दल नेता धामी पक्षधर प्रदेश सभा सदस्यहरु भने पार्टीले भट्टलाई दलको नेता बनाउन गरेको निर्णय कार्यान्वयन गर्न पहल नगरेका कारण समस्या भएको दाबी गर्छन् । ‘पार्टी केन्द्रले गरेको निर्णय नमान्ने कुुरा हुँदैन् तर संसदीय दलको नेता हुन्छु नेतृत्व लिन्छु भन्ने व्यक्ति स्वयंमले त्यो निर्णय कार्यान्वयन गराउन किन पहल गर्नुभएन ?,’ प्रदेश सभा सदस्यले भने ।
संसदीय दलका उपनेता अक्कलबहादुर रावलले भने आफूहरु दलभित्र देखिएको विवादलाई सर्वसम्मत रुपले हल गर्ने पक्षमा रहेको बताए । तर त्यसका लागि सबैको उचित व्यवस्थापन हुनुपर्ने उनको भनाई छ ।
‘हामी सर्वसम्मत रुपले प्रदेश संसदीय दलमा देखिएको समस्यालाई हल गर्ने पक्षमा छौँ । चाडै त्यो हुन्छ पनि होला तर सबैको उचित व्यवस्थापन जरुरी कुरा हो,’ रावलले भने । तर अध्यक्ष प्रचण्डले भने, अल्पमत र बहुुमतको कुरा गरेर समस्या नल्याउन भन्दै जसरी पनि भट्टलाई दल नेता बनाउन निर्देशन दिएका छन् ।
१२ माघ २०८० मा माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरुले खगराज भट्टलाई हटाउदै दलको नेतामा मानबहादुर धामीलाई चयन गरेका थिए । त्यसपछि पार्टी केन्द्रले भट्टलाई दलको नेता बनाउन निर्णय गर्दै पटक–पटक कार्यान्वयन गर्न निर्देशन दिएको थियो तर बहुमत प्रदेश सभा सदस्यहरुले उक्त निर्देशनको अवज्ञा गर्दा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।