धनगढी । धनगढीको शिवपुरीधाममा बुधबार बिहानैदेखि भक्तजनको भिड छ। महाशिवरात्रिको दिन आज शिवपुरी क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुने गर्छ।
आज विहान ३ बजे देखि ठूलो संख्यामा मानिसहरू आएका छन्। यसपालिको महाशिवरात्रिमा शिवपुरीधाममा करिब ५० हजार भन्दा बढी मानिसहरू आउने अनुमान गरिएको छ ।
ठूलो संख्यामा मानिसहरू आएपछि सुरक्षा र त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन त्यही अनुसार गरिएको छ।
तस्बिरहरू हेनुहोस्