धनगढी: अखिल नेपाल बिद्यार्थी युनियन (अनेरास्वबियु) सुदुरपश्चिम प्रदेश कमिटिले धनगढीमा स्वबियु कार्यशालाको आयोजना गरेको छ । प्रदेश कमिटिले पुर्ण बैठक एवं कार्यशालाको आयोजना गरेको हो । स्वबियु निर्वाचन नजिकिदै गर्दा आयोजना गरेको कार्यशालामा सगंठनका ९ वटै जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको स्थिती बारे प्रस्तुती राखेका छन् । निर्वाचन हुने क्याम्पस र जिल्लाको स्थिती बारे प्रस्तुती राख्दै जिल्ला अध्यक्षहरुले आगामी स्वबियु निर्वाचनमा अनेरास्वबियुलाई पहिलो सगंठन बनाउने गरी लाग्नुपर्नेमा जोड दिएका हुन् ।
अनेरास्वबियुको इतिहाँस कायम राख्ने गरी आगामी निर्वाचनमा खटिनुपर्ने उनिहरुको भनाई थियो । अखिल नेपाल बिद्यार्थी युनियन (अनेरास्वबियु) का केन्द्रिय उपाध्यक्ष गोबिन्द गिरिको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यशालामा नेकपा एमालेका केन्द्रिय सचीव लेखराज भट्ट प्रमुख वक्ता रहेका थिए भने अनेरास्वबियु केन्द्रिय सचिव दिपक धामी, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटिका उपाध्यक्ष कालि बहादुर शाही, सचिव रण बहादुर चन्द, उप सचिव नर बहादुर बि.क, अनेरास्वबियुका स्थाई कमिटि, केन्द्रिय कमिटि सदस्य एवं प्रदेश कमिटि पदाधिकारी, सदस्यहरु र बिभिन्न जिल्लाका अध्यक्षहरुको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता अनेरास्वबियु सुदुरपश्चिम प्रदेश अध्यक्ष मनोज राइले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कमल रोकायाले गरेका थिए ।