धनगढी: नेकपा एमालेको वडा केन्द्रित जरा अभियान अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा १० जना पार्टी सदस्यहरुलाई सम्मान गरिएको छ । सोमबार आयोजित वडा केन्द्रित जरा अभियानको अवशरमा १० जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । पार्टी निर्माणमा योगदान दिएको भन्दै पदम सिंह पार्की, केशब पौडेल, मोति सिंह पार्की, धना देबि पार्की, खुशिराम चौधरी, गोपाल खाती, राजेन्द्र बि. क., लाल बहादुर कोलि, बहादुर लुहार, मान बहदुर कोलिलाई सम्मान गरिएको नेकपा एमाले धनगढी उपमहानगर कमिटि उप सचिव जनक ढकालले जानकारी दिए ।
बिभिन्न पार्टी सगंठन, जनबर्गिय सगंठनमा बसेर पार्टीको सगंठन निर्माणमा महत्वपुर्ण योगदान दिएका १० जनालाई सम्मान गरिएको उनले बताए । पार्टी उपमहानगर कमिटि अध्यक्ष अम्बिका बिष्ट मल्लका अनुसार सोमबार मात्रै धनगढी उपमहानगरपालिका वडा नम्बर ९ र ३ मा वडा केन्द्रित जरा अभियान शुरु गरिएको छ । वडा नम्बर ९ मा बासु बिष्टको अध्यक्षतामा शिवराम नगर टोल कमिटि गठन गरिएको छ भने वडा नम्बर ३ मा सिता अवस्थीको अध्यक्षतामा त्रिभुवन टोल कमिटि गठन गरिएको छ । धनगढीमा वडा केन्द्रित जरा अभियान तिब्र रुपमा अगाडी बढेको अध्यक्ष मल्लले जानकारी दिइन् ।