काठमाडौँ– तराई–मधेश जागरण अभियान लिएर झापा पुगेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई केराको पातमा खाना खान दिइएको छ। सहिद परिवार सुनिल राजवंशीको घरमा पुगेका प्रचण्डसहितका नेताहरूले केराको पातमा भात खाएका हुन्।
अध्यक्ष प्रचण्डसहित तराई–मधेश जागरण अभियान लिएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, महासिचव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र दजार्दन शर्मालगायत नेताहरू झापा पुगेका छन्।