धनगढी । कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । आइतबार बेलौरी र कृष्णपुर नगरपालिकाबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।
बेलौरी नगरपालिका – ४ बेलौरी बजार स्थित म १ प ६०३० नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका – ७ गणेशपुरका २४ वर्षीय खुसी राम राना र मोटरसाइकल पछाडि सवार २२ वर्षीय देव राज राना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट १।४३ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ ।
यस्तै आइतबार राती कृष्णपुर नगरपालिका – ५ गजरौलाबाट कृष्णपुर नगरपालिका – ४ का २३ वर्षीय दीपेन्द्र बोगटी र २५ वर्षीय डेनी जोशी पक्राउ परेका छन् । उनीहरूको साथबाट ९० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।