कैलाली । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको अधिवेशन आगामी फागुन १६ गते हुने भएको छ । प्रदेश समितिको बैठकले कैलालीको धनगढीमा दोस्रो अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
महासचिव शिवराज भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट अधिवेशनका लागि १२० जना सहभागी हुने छन् । उद्घाटन समारोहमा २ जना क्रियाशील पत्रकार तथा २ वटा उत्कृष्ट शाखाहरूलाई सम्मान गरिने छ ।
अधिवेशन तयारीको लागि प्रदेश अध्यक्ष कृष्ण ओलीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।