धनगढी । कञ्चनपुरमा ६ वर्ष कैद सजाय सुनाइएका व्यक्ति १७ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले २०६४ बैशाख ४ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका – १ महेन्द्रबस्तीका ४१ वर्षीय मान सिंह धामी १७ वर्ष पछि पक्राउ परेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिबाट खटिएको प्रहरी टोलीले शनिवार घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।