धनगढी: धनगढीमा सिप तथा रोजगार मेला शुरु भएको छ । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदरर भण्डारीले मेलाको उद्घाटन गरेका छन् । आज एक समारोहका बिच मन्त्री भण्डारीले मेलाको उद्घाटन गरे । मेलामा सुदूरपश्चिमभरिका एक हजार युवालाई सिपमूलक तालिम दिइने छ । मेला आयोजक धनगढी उपमहानगरपालिकाले प्रदेशका नौवटै जिल्लाका एक हजार ४० युवालाई आठवटा विधामा तालिम दिन लागिएको जनाएको छ ।
४० दिनसम्म सञ्चालन हुने तालिममा सहभागिताका लागि प्रदेशभरिबाट चार हजार ८ ३० जनाले आवेदन दिएका थिए । त्यसमध्ये एक हजार ४० जनालाई छनोट गरिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका प्रदेश अध्यक्ष प्रमोद पाठकले जानकारी दिए । महासंघको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरको आयोजनामा धनगढीमा बिहीबारबाट सिप तथा रोजगार मेला सुरु भएको हो ।
धनगढीको खुलामञ्चमा सञ्चालित तालिम युवाहरूलाई रोजगार र उद्यमी बनाउन दिन लागिएको धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले बताइन् । उनले बजारमा माग भएका विषयमा तालिम दिइने बताइन् । उनका अनुसार तालिम सकिएपछि स्वरोजगार बन्नेबारे अभिमुखीकरणसमेत सञ्चालन गर्ने तयारी छ । तालिम लिएकाहरूलाई रोजगारीमा सहयोग पु¥याउन रोजगारदाता र तालिम प्राप्त युवाबिच दुई दिनको अन्तक्र्रिया पनि गरिने उनको भनाई छ ।
रोजगारीका अवसर पाउनका लागि दक्ष जनशक्ति तयार गर्ने, युवाहरूलाई दक्ष बनाई उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने उद्देश्यले मेला गर्न लागिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको भनाइ छ । ‘प्रदेश र संघीय सरकारको सहयोगमा प्रत्येक वर्ष यस्ता तालिमहरू हुनुपर्छ, जसले दक्ष जनशक्ति उत्पादन गर्न सकियोस्,’ हमालले भने, ‘बजारमा केको आवश्यकता छ भनेर सर्भे गरेर तालिम दिइनुपर्छ ।’
अटोमोबाइल, इलेक्ट्रोनिक, पेन्टिङ, मेकानिकल, निर्माण, आथित्य–सत्कार, सौन्दर्य, लेखा व्यवस्थापन, सूचना प्रविधि, आर्ट एन्ड क्राफ्ट डिजाइनिङलगायत विधामा सहभागी युवाहरूलाई निःशुल्क रूपमा सिप सिकाइने उपमहानगरले जनाएको छ । तालिमले बजारमा आवश्यक दक्ष जनशक्ति तयार हुने मेला उनको भनाई छ । मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले एउटा मात्र स्थानीय तहले तालिम मात्रै सञ्चालन गरेर देशमै रोजगार र स्वरोजगारी सिर्जना गर्न नसकिने बताए । संघीय सरकारले एकीकृत सीप मुलक तालिम एकीकृत रुपमा प्रदान गर्न छुट्टै मन्त्रालय खडा गर्न आवश्यक आवश्यक रहेको बताए । ‘अबको युग भनेको दक्ष जनशक्ति उत्पादनको युग हो । कुनै एउटा स्थानीय तहले मात्र तालिम लिएर पुग्दैन,’ भण्डारीले भने, ‘अब संघीय सरकारले यस्ता तालिमहरुको एकीकृत रुपमा मन्त्रालय नै खडा गरेर गर्नुपर्छ, यसमा मेरो मन्त्रालयले पहल गर्छ’।
उनले देशको समृद्धीका लागि बाधक देखिएका नियमहरु परिवर्तन गर्न सरकारले ल्याएका अध्यादेशहरुको विरोध गर्नुको कुनै तुक नरहेको समेत बताए । ‘विकास निर्माणका लागि पुराना ऐनहरु छन । ती ऐनहरुले गर्दा काम गर्न चाहने निकायले समयमा काम गर्न पाएको छैन । काम नै गर्न नपाएका कारण समयमा बजेट कायान्वयन हुदैन, अनी जनताले विकासको अनभूती गर्न पाएका छैनन’ उनले भने, ‘छिटो छरितो काम गर्न, भ्रष्टाचार नियन्त्रण गरेर शुसासन कायम गर्नका लागि अध्यादेशहरु ल्याइएका छन, हामीले कुनै दल फुटाउन अध्यादेश ल्याएका छैनौं, तर पनि समृद्धीका लागि गरिएका प्रयासको पनि विरोध किन? ’
उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेशका भुमी, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापा, प्रदेशसभा सदस्य प्रकाश देउवा, रमेश धामी, धर्म पाठक, डम्मरी महरा, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.जिवन राना लगायत बिभिन्न क्षेत्रका ब्यक्तीहरुको सहभागिता थियो ।