धनगढी । विभिन्न कार्यक्रमसहित बुधबार धनगढीमा प्रजातन्त्र दिवस मनाईएको छ । धनगढीको शहिदगेटदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरि निकालिएकोे थियो । प्रभातफेरिमा बाँजागाँजासहित सुदूरपश्चिम प्रदेशका विविध सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । प्रभातफेरिमा थारु समुदायको सखिया नाच लगाएत त्यस्तै, प्रभातफेरिमा नेपाली सेनाको व्याण्ड, विभिन्न विद्यालय तथा विभिन्न संस्घसंस्थाका झाँकी पनि समावेश थिए ।
प्रभातफेरिपछि मन्त्रालयमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय झण्डोत्तलन गरेका थिए । सो अवसरमा नेपाली सेनाको ब्याण्डले राष्ट्रिय धुन बजाएको थियो ।
कार्यक्रममा लोकतन्त्र प्राप्ती र पुनःप्राप्तीका लागि भएगरेका संघर्षमा प्राणआहुती गरेका वीर शहीदहरूको सम्मानमा मौन धारणसहित शहिदहरुको तस्बिरमा मल्र्यापण गरियो । फोटो फिचर