धनगढी । धनगढी रंगशालामा यही फागुन ४ गतेदेखि ९ गतेसम्म तेस्रो सी सी एस कप अन्तरविद्यालय खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ुखेल स्वास्थ्यका लागि, विद्यार्थी राष्ट्रका लागिु भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा कैलाली जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयहरुको सहभागिता रहनेछ।
प्रतियोगिताले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका साथै आत्मविश्वास, अनुशासन, सामाजिक एकता, मनोरञ्जन र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने विश्वास गरिएको छ। विद्यालय तहबाट आयोजित यस प्रकारका प्रतियोगिताले खेलाडीलाई प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको सि।सि।एस कलेजका अध्यक्ष हरि रेग्मीले बताए।
प्रतियोगितामा आयोजकका २ टिमसहित १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेता टिमले नगद ८५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई ५ हजार,उत्कृष्ट गोलकर्तालाई २ हजार ५ सय , उत्कृष्ट गोलरक्षकलाई २ हजार ५ सय प्रदान गरिनेछ।
साथै, प्रत्येक खेलमा ह्याट्रिक गर्ने खेलाडीलाई १ हजार नगद पुरस्कार दिइनेछ। प्रतियोगितामा स्थानीय, जिल्ला तथा प्रदेशस्तरका खेलाडी, प्रशिक्षक, व्यवस्थापक गरी करिब ३०० जना प्रत्यक्ष रूपमा सहभागी हुनेछन्। यसका साथै, प्रतियोगिता अवधिभर करिब ५०,००० दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
धनगढी नगरका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, खेलप्रेमी दर्शक तथा अन्य नगरपालिका र गाउँपालिकाका नागरिकहरूको उल्लेखनीय सहभागिता रहनेछ।खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ।