धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको छ । दुवै प्रदेश प्रमुखबीच सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय धनगढीमा बुधबार भेटवार्ता भएको हो । उनीहरूबीच संविधानले दिएको अधिकारको दायरामा रहेर अन्तर प्रदेश समन्वर्य, असल र राम्रा कामअनुसरण गर्नेलगायत विषयमा कुराकानी भएको सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश प्रमुख भट्टलाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै प्रदेश प्रमुख मियाँले मायाको चिनो प्रदान गरेका थिए । त्यस अवसरमा सुदूरपश्चिम प्रदेशबाट प्रदेशको कार्यालयका प्रमुख नवराज ढुङ्गाना, प्रमुख स्वकीय सचिव साबिर अलीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।