धनगढी । अखिल नेपाल महिला संघ धनगढीको नगर अध्यक्षमा ल्याट्री थापामगर सर्वसम्मत चयन भएकी छन् । मंगलबार सम्पन्न भएको अखिल नेपाल महिला संघ धनगढी नगर कमिटीको दोस्रो अधिवेशनबाट थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघको उपाध्यक्षमा रुपा मास्के पुन, सचिवमा रेनुका ढुंगेल, कोषाध्यक्षमा लक्ष्मी सिंह, उपसचिवमा सिता बिक र हरिना रावल चयन भएका छन् । सदस्यहरुमा सावित्री राना, ज्योती थापामगर, सरस्वती सिंह, माया चौधरी, भिमा बिक, रामदुलारी राना, सुनिता चौधरी, हाजिरी रावल, आशाकुमारी सुनार, सपना बिसी लक्ष्मी कुँवर न्यौपाने, लक्ष्मी कोली, इन्द्रा बिक र रेखा बास्तोला पनि सर्वसम्मत चयन भएका छन् ।
मंगलबार राति अबेर सम्पन्न अनेम संघको नगर सम्मेलनको बन्दसत्रबाट नयाँ कार्य समितिको टुंगो लागेको हो । त्यसअघि तत्कालीन अध्यक्ष कन्दकला रानाको अध्यक्षतामा सम्मेलनको उद्घाटन सत्र चलेको थियो ।