धनगढी ।धनगढीमा जारी प्रथम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा अवलोकनकर्ताको दैनिक भिडभाड हुन थालेको छ । धनगढीको पशुपति टोलमा सञ्चालनमा रहेको प्रदर्शनीमा किसान, कृषि विज्ञान तथा भेटेरिनरी अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण अवलोकन गर्न आइरहेको प्रदेश कृषि निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले बताएका छन् ।
प्रदर्शनीस्थलमा आधुनिक कृषि प्रविधि, कृषि यान्त्रिकीकरण, विउविजन, खाद्यान्न, दलहन, नर्सरीमा विभिन्न थरीका बोटविरुवा, मह, डेरीजन्य पदार्थ लगायतका सामग्री राखिएका स्टल रहेका छन् । थम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला स्थानीय तहका जनप्रतिनिधी र प्रदेश सभा सदस्यहरुको समेत सभागिता भईरहेको छ ।
प्रदर्शनी माघ २६ देखि ३० गतेसम्म सञ्चालन रहनेछ ।