धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शान्दार भान्छाघर खुलेको छ । धनगढीको ट्राफिक चौराह नजिकै शानदार मःम को माथिल्लो तलामा शान्दार भान्छाघर सञ्चालनमा ल्याइएको हो । भान्छाघरले थकाली खानासँगै, विभिन्न खाजाका ब्राण्ड पाइने सञ्चालक राजन भट्टले जानकारी दिए ।
उनकाअनुसार सुपथ मूल्यमा ताजा चिकेन खाना, मटन खाना र भेज खाना पाइनेछ । विगत लामो समयदेखि शानदार मस्म मार्फत सेवा दिइरहेको शान्दार मस्म सेन्टरले नै अबदेखि खानाको व्यवस्था समेत गरेको सञ्चालक भट्टले बताए ।
युवा व्यवसायीले आर्थोपार्जन गर्ने उदेश्य नभएर सर्वसुलभ मूल्य सबै खाले ग्राहाकको सेवा गर्ने उदेश्यले मस्म सँगै खानाका परिकारका स्वाद पनि दिन खोजेको बताए । शान्दार भान्छाघरले मदिरा भने बजार मूल्यमै बिक्री गर्ने जनाएको छ ।