बैतडी: बैतडीमा भीरबाट लडेर वृद्धको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–६ रोसिरगा बस्ने ७२ वर्षीय हरिदत्त जोशी बुधबार घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।
जोशी भीरबाट अन्दाजी १५० मिटर तल खसेका थिए ।