धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ । बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र ०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका(१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कवीन्द्र सिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय नवीन चौधरी, पछाडी सवार बर्दियाको आशापुर(८ बस्ने २२ वर्षीय मंगल राजपुत र साइकल चालक लम्कीचुहा नगरपालिका(१० बस्ने १५ वर्षीय लोकेश भण्डारी रहेका छन् ।
उनीहरुमध्ये गम्भीर अवस्थाका मोटरसाइकल चालकको कोहलपुर र अन्य दुई जनाको कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।