धनगढी : कर्णाली प्रदेशको सुर्खेतमा आगामी चैतमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी सुदुरपश्चिममा आगामी माघ २८ गतेदेखी छनौट शुरु हुने भएको छ । प्रदेश खेलकुद परिषदले आज पत्रकार सम्मेलन गर्दै छनौट प्रतियोगिता सम्बन्धी जानकारी दिएको हो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिहंका अनुसार आगामी २८ गतेदेखी फागुन २ गतेसम्म छनौट प्रतियोगिता सञ्चालन हुने छन् ।
धनगढीका बिभिन्न स्थान सहित कञ्चनपुरमा समेत छनौट प्रतियोगिता सञ्चालन हुने छन् । सुदुरपश्चिम प्रदेश ३१ वटा खेलमा सहभागी हुने जनाइएको छ ।
महिला र पुरुष गरी ६१ वटा खेल हुने सदस्य सचिव सिहंले जानकारी दिए । फुटवल, भलिवल, एथलेटिक्स, क्रिकेट, कबड्डी, बास्केटवल लगायत खेलमा सुदुरपश्चिम सहभागी हुने छ । छनौट प्रतियोगितामा ३ सय २२ वटा प्रथम मेडल, द्धितिय ३ सय २० र तृतिय ४ सय ५६ गरी १ हजार १ सय ९८ जम्मा मेडल सख्यां रहने उनले बताए । सुदुरपश्चिमबाट छनौट भएर ७ सय ७६ जना खेलाडी र ४ सय ५० जना रेफ्री राष्ट्रिय खेलकुदका लागी जाने छन् । छनौट प्रतियोगितामा २ हजार ८ सय खेलाडी सहभागी हुने सिहंले बताए ।
न्युन बजेटका बिचपनि यो छनौट सगैं राष्ट्रिय खेलकुदमा खेलाडी पठाउन लागिएको सिहंले बताए ।