धनगढी : कैलालीको गौरीगंगामा रहेको एक कुखुरा फर्ममा आगलागी भएको छ । मंगलबार साँझ गौरीगंगा नगरपालिका – १० उदासीपुरका धन सिंह भण्डारीको काठले बनेको खरले छाएको कुखुरा फर्ममा आगलागी भएको हो ।
आगलागीबाट फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामानहरू गरी १ लाख ५७ हजार ३ सय बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।