धनगढी । कैलालीबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ । शनिवार जिल्लाको गोदावरी, भजनी क्षेत्रबाट १ लाख १९ हजार ३५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।
गोदावरी नगरपालिका – ४ वनदेवी नजिक, भजनी नगरपालिका – ७ हलौना घाट र भजनी नगरपालिका – ६ नवलपुरबाट भारतबाट भन्सार छली ल्याएका सुर्ती, गुड्खा, बिडी, सिद्रा माछा, रातो–सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ
कैलालीबाट एक लाखको अवैध सामान बरामद
कैलालीबाट एक लाखको अवैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु