धनगढी: दारी ग्याङ धनगढीको अध्यक्षमा कमल सुवेदी निर्विरोध चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न दोस्रो अधिवेशनबाट सुवेदी अध्यक्ष चयन भएका हुन । यस्तै उपाध्यक्षमा समिरजंग कुवँर, सचिवमा रोशन शाही, कोषाध्यक्षमा भरत खड्का चयन भएका छन् ।
निवर्तमान अध्यक्ष अमित खड्काको अध्यक्षतामा सुरु भएको दोस्रो अधिवेशनमा प्रमुख अतिथि दारी ग्याङ सुदूरपश्चिमका अध्यक्ष दिनेश बोहरा रहेका थिए ।