धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी उन्नती निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिज प्रदेश कार्यसमितिको आज धनगढीमा भएको तेस्रो महाधिवेशनले उनको नेतृत्वमा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बन्वारी राना सौरभ, महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र कोषाध्यक्षमा प्रेमलाल चौधरी चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा स्वरुप चौधरी, राजेश श्रेष्ठ, रामप्रसाद चौधरी र दानसिंह डङ्गौरा चयन हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई फोनिज केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद् तथा गोपनियताको शपथ ग्रहण गराए ।