अछाम: ढकारी गाउँपालिकाका ८ ढकारीका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ुशंकास्पदु मृत्युको अनुसन्धान गर्न अछाम प्रहरीले थप विशेषज्ञ जनशक्ति मगाएको छ । यसअघि घटनास्थलमा तालिम प्राप्त कुकुरलाई ल्याएर अनुसन्धान सुरु गरेको प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट प्राविधिक अनुसन्धान गर्नलाई विशेषज्ञ टोली बोलाइएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।
उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि अछाम आउने सम्भावना छ । ‘सीआईबीसँग पनि नजिकबाट सहकार्य गरेर काम गरिरहेका छौँ । टोली अछाम आउने विषयमा कुरा भइरहेको छ । प्रदेशबाट पनि प्राविधिक अनुसन्धान गर्न विज्ञहरू नपुग्न सक्छ । अन्सुन्धानका हरेक विषयलाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी प्रमुख भण्डारीले भने ,‘मोबाइलको अनुसन्धान र अन्य प्राविधिक कुराले घटनाको यर्थाथतालाई बताउने भएकाले एक्सपर्ट आवश्यक भयो ।’
किशोरी मृत्युको घटनामा अहिलेसम्म अछाम प्रहरीले ११ वर्षदेखि ४० वर्षसम्मका ५ जनालाई नियन्त्रणमा लिइएको डीएसपी भण्डारीले बताए । ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रबार दिउँसो करिब २ बजेको समयमा शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दुरीमा रहेको थियो । घटनास्थलबाट करिब ५ सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटना थप रहस्यमय बन्दै गएको छ । मृतक सरस्वतीका ठुलोबुवा तथा इशराका हजुरबुवा अवि खड्काले दिएको किटानी अनुसार ढकारी गाउँपालिका ३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा छन् । उनिहरु प्रहरीको हिरासतमा छन् ।
पक्राउ परेकाहरु सँग प्रहरीले प्रारम्भिक बयान लिने काम गरिरहेको छन् । उनिहरुले प्रहरीसँगको बयानमा घटना भएको दिन शव फेला परेको जङ्गलमा गएको स्वीकार गरेका छन् । मृतक सरस्वतीका ठुलोबुवा तथा इशराका हजुरबुवा अवि खड्काले दिएको किटानी अनुसार ढकारी गाउँपालिका ३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा छन् । उनिहरु प्रहरीको हिरासतमा छन् । पक्राउ परेकाहरु सँग प्रहरीले प्रारम्भिक बयान लिने काम गरिरहेको छन् । उनिहरुले प्रहरीसँगको बयानमा घटना भएको दिन शव फेला परेको जङ्गलमा गएको स्वीकार गरेका छन् ।
स्रोतका अनुसार आइतबार नियन्त्रणमा लिएका दुई जनाले आफूहरू हत्यामा संलग्न भएको संकेत दिएको र अन्य पनि संलग्न भएको जानकारी दिएको आधारमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै लिएको छ । ‘११ वर्षीय बालकको बयानले प्रहरीलाई अनुसन्धान गर्न धेरै सहयोग पुगेको देखिन्छ । यो घटनामा संलग्न भएको आशंकामा अझै केही पक्राउ पर्न सक्छन् । सुरुमा नियन्त्रणमा लिएकाहरूले हत्यामा संलग्न भएको लगभग स्वीकारेको देखिन्छ,’ स्रोतले भन्यो, ‘अहिलेसम्मको अनुसन्धानले हत्या नै भएको संकेत गरिरहेको छ । कसरी र किन भन्ने सन्दर्भमा नियन्त्रणमा लिएकाहरूको बयान र पोस्टमार्टम रिर्पोटले धेरै कुरा बताउने छ ।’
शुक्रबार बाख्रा चराउन गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का गाउँपालिकाको वडा नम्बर १ मा पर्ने रिमारवा छिन्ने जंगलमा शनिबार दिउँसो १५ मिटरको दुरीमा क्षतविक्षत अवस्थामा मृत अवस्थामा फेला परेका थिए ।