धनगढी । भूमि समस्या समाधान आयोगको कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायको पद बहाली तथा स्वागत कार्यक्रम सम्पन भएको छ । अध्यक्ष उपाध्यायले पद बहाली तथा स्वागत कार्यक्रम पछि संक्षिप्त प्रतिक्रिया दिदै कैलालीमा अधुरो रहेको भुमि समबनधी सम्पुर्ण समस्या पुरा गर्ने बताए । दुई ठुल्ला दल मिलेर भुमि सम्बन्धी समस्या समाधान गर्ने नयाँ अध्यादेश आएको हुदाँ अब भुमि सम्बन्धी सवै समस्या पुरा हुने बताए । उनले आफुलाई पार्टीले र गठबन्धनले दिएको जिम्मेवारी इमान्दीका साथ पुरा गर्ने बताए । राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले अहिले आफु अध्यक्षमा नियुक्त भएपनि एक हप्ता भित्र टिमले पुर्णता पाउँने जानकारी दिए ।
आफनो पहिलो कार्यकालमा धेरै काम भएको र अब बाँकी रहेका काम लाई पनि समय भित्र पुरा गर्ने आफु कटिबध भएको अध्यक्ष उपाध्यायले दावी गरे । पदबहाली तथा स्वागत कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मनत्री प्रकाश देउवा, प्रदेश सभा सदस्य मान बहादुर रावल, प्रदेश सभा सदस्य विक्रम धामी एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङगााना र कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन प्रसाद हमालको सहभागिता रहेको थियो ।