धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा बाट एक युवकको उद्धार गरिएको छ । मानसिक असन्तुलन भएको जस्तै देखिने एक युवकलाई आखाँ अस्पताल पछाडी सडक पेटीबाट काग्रेंस गोदावरीका युवा नेता हेमराज ढुगांना खत्रीले उद्धार गरी धनगढी स्थित मानवसेवा आश्रममा बुझाएका छन् । ५ दिनअघी ति युवकको उद्धार गरी आफ्नै निवासमा राखेका खत्रीले आज मानवसेवा आश्रममा बुझाएका हुन् ।
बाटोमा हिन्दै गर्दा सडक पेटीमा सुतेका ति युवक सित कुरा गर्न खोज्दा मानसिक सन्तुलन बिग्रिएको झैँ लागेपछि सोधपुछ गरेको नेता खत्रीले बताए । ५ दिनअघी भेटिएका ति युवकलाई उद्धार गरी आफ्नै घरमा राखेको उनले बताए । उनको सरसफाई गर्नुका साथै नयाँ लुगा फेरेर आज मानवसेवा आश्रममा बुझाएको उनले बताए । उमेरले करिब २५ बर्षका ति युवकले चाँडै उपचार पाए निको हुनसक्ने खत्रीको बुझाई छ । हेमराज ढुगांना खत्री ट्रेड युनियन काग्रेंस सुदुरपश्चिम प्रदेश समिति सदस्य हुन् ।